दलहरुको ‘मनी’ र ‘मसल’ले चुनाव प्रभावित हुने चिन्ता

काठमाडाैं | बैशाख २१, २०७९

दलहरुको ‘मनी’ र ‘मसल’ले चुनाव प्रभावित हुने चिन्ता

काठमाडौँ, वैशाख २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने हो कि भन्ने डर आफूलाई लागेको टिप्पणी गर्नुभएको छ । उहाँले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तìव हाबी हुन सक्नेप्रति सचेत गराउनुभयो । 

 

सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।”

 

उहाँले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गर्नुभयो । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिनुभयो । यस प्रकारको टिप्पणीलाई सञ्चारमाध्यममा स्थान दिन नहुने र आमसर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रोत्साहित हुने गरी लेख्न नहुने उहाँको आशय थियो ।

 

उहाँले निर्वाचनमा निष्ठा, इमान, जनपक्षीयता, सेवामुखी भावना र प्रतिबद्धताले जित्नुपर्नेमा जोड दिनुभयो ।“दस दिन मात्रै बाँकी रहँदा आचारसंहिताको सवै बुँदाको पालना गरी हामीले बनाएको नियम व्यावहारिक एवं उपयोगी रहेको तथा यसले निर्वाचनको स्वच्छता र पारदर्शितालाई सकारात्मक प्रभाव पार्छ सिद्ध गर्न समेत सबैसमक्ष चुनौती रहेको छ,” उहाँले भन्नुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घले स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी रेडियोकर्मी र सञ्चालकले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । संहितामा रेडियोकर्मी र सञ्चालकले गर्न हुने र गर्न नहुने बुँदाहरू समेटिएका छन् । 

 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले प्रसारण गर्ने विज्ञापनको अनुगमन गर्न तथा अभिलेख राख्न नेपाल विज्ञापन बोर्डलाई जिम्मेवारी दिइएको बताउनुभयो । चुनावमा रेडियोले प्रसारण गर्न सक्ने विज्ञापनबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “एउटा रेडियोले २४ घण्टामा एक मिनेटमा नबढ्ने गरी दुई पटक मात्रै एक जना उम्मेदवारको प्रचार प्रसारण गर्न पाउनेछन् ।” 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्